
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन आइतबार उद्घाटन गरेका छन्।
सभापति थापाले पार्टीका संस्थापक तथा अग्रज नेताहरूको तस्बिरमा माल्यार्पण गर्दै दीप प्रज्वलन गरेर महाधिवेशनको उद्घाटन गरेका हुन्।
उद्घाटनका क्रममा सभापति थापाले बिरुवामा जल सेचनसमेत गरे। कांग्रेसका अग्रज नेताहरूको तस्बिरमा अन्य राजनीतिक दलका नेताहरूले पनि माल्यार्पण गरेका थिए।

