पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालले पार्टीबाट बाहिरिँदै ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका छन्।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खनालले कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्ने उद्देश्यले अभियान घोषणा गरेको जानकारी दिए।
खनाललाई हरिबोल गजुरेल, महेश्वर दाहाललगायतका नेताले साथ दिएका छन्।
खनालको नेतृत्वमा शनिबार बसेको भेलाले समाजवादी जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही भेलाबाट पारित निर्णय र अभियानका उद्देश्यबारे खनालले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन्।