byd
care tekar

भारतमा प्रदर्शन : कक्रोचका प्रमुख नेताहरू पक्राउ

cp new add
Nisharg hospital
dhanga
Rubic

एजेन्सी । भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन आयोग प्रमुखको राजीनामा मागेर भइरहेको विरोध प्रदर्शनका क्रममा युवा नेतृत्वको कक्रोच जनता पार्टी का नेताहरूलाई प्रहरीले हिरासतमा लिएको छ।

sanjiwan
Nisharg

मंगलबार नयाँदिल्लीस्थित जन्तर मन्तरमा प्रदर्शनका क्रममा सुरक्षा घेरा तोडेर प्रवेश गरेपछि प्रहरीले सिजेपीका प्रमुख नेताहरूलाई नियन्त्रणमा लिएको हो। पार्टीका अनुसार हिरासतमा पर्नेमा सौरभ दास, आशुतोष रङ्का र अजिङ्क्य सिन्देसहितका नेता रहेका छन्।

maya metro
nagrik
Gyan Hotel
udhog

विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा)लाई फाइदा पुग्ने गरी मतदाता सूचीमा हेरफेर गरिएको आरोप लगाउँदै आएका छन्। उनीहरूले निर्वाचन आयोग प्रमुखको राजीनामा माग गर्दै पछिल्ला दिनमा विभिन्न सुरक्षा प्रतिबन्ध उल्लङ्घन गरेर प्रदर्शन गर्दै आएका छन्।

HAMRO DAIRY
Nav

निर्वाचन आयोगले भने मतदाता सूचीमा अनियमितता भएको आरोप अस्वीकार गर्दै आएको छ। दिल्ली प्रहरीले सोमबारदेखि जन्तर मन्तरलाई आधिकारिक प्रदर्शनस्थलको सूचीबाट हटाएको थियो। राजधानीको केन्द्रमा रहेको उक्त क्षेत्रलाई पहेँलो धातुका बारले घेरिएको थियो भने ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

तर, मंगलबार सिजेपी नेता अभिजीत दिप्केले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा प्रदर्शनकारीहरू सुरक्षा बार पार गर्दै जन्तर मन्तरभित्र प्रवेश गरेको देखिन्छ। उनीहरूले राष्ट्रिय झण्डा फहराएपछि प्रहरीले उनीहरूलाई पछ्याउँदै नियन्त्रणमा लिएको थियो।

दिप्केले प्रधानमन्त्री मोदीलाई सम्बोधन गर्दै विरोध र प्रतिरोधको आवाज रोक्न नसकिने बताएका छन्। प्रदर्शनलाई मध्यनजर गर्दै दिल्ली प्रहरीले जन्तर मन्तरको विकल्पका रूपमा तीनवटा आधिकारिक प्रदर्शनस्थल तोकेको छ। दशकौँदेखि राजनीतिक तथा सामाजिक आन्दोलनको प्रमुख केन्द्र रहँदै आएको जन्तर मन्तरमा सिजेपीले यसअघि पनि प्रदर्शन गर्दै आएको थियो।

यसैबीच, प्रधानमन्त्री मोदीले मंगलबार नयाँदिल्लीमा आयोजित एक व्यापार सम्मेलनमा भारतलाई ‘लोकतन्त्रकी जननी’ भएको बताएका छन्। उनले भारतमा विभिन्न विषयमा खुला बहस र फरक दृष्टिकोणमाथि छलफल हुने दाबी गरे। यद्यपि, उनले जारी विरोध प्रदर्शनबारे प्रत्यक्ष टिप्पणी गरेनन्।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...