कञ्चनपुरमा काठ तस्करी गर्नेलाई छाडेको आरोप लागेका सईमाथि छानविन सुरु

cp new add
Nisharg hospital

१३ असोज, धनगढी । कञ्चनपुरमा अवैध काठ ओसारपसारमा संलग्नलाई आर्थिक प्रलोभनमा परेर छाडेको आरोप लागेपछि एक जना प्रहरी नायब निरीक्षक (सई) माथि छानविन थालिएको छ । इलाका प्रहरी कार्यालय पिपरीयाका प्रमुख समेत रहेका प्रहरी नायब निरीक्षक उदयसिंह खडायतमाथि छानविन थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Nast Ad

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक एसपी श्याम चौधरीले अवैध काठ ओसारपसारमा संलग्न भएको भन्ने समाचार सार्वजनिक भएपछि इप्रका झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहलाई घटनाबारे बुझ्न निर्देशन दिइएको बताए । खडायतमाथि लागेको आरोपका सम्बन्धमा छानविन गरेर यथार्थ बुझ्न प्रहरी निरीक्षक सिंहलाई भनिएको उनी बताउँछन् ।

छानविनका क्रममा दोषी देखिएमा प्रहरी नायब निरीक्षक खडायतमाथि कारवाही गरिने एसपी चौधरीले बताए । सई खडायत नेतृत्वको टोलीले कृष्णपुर नगरपालिका ९ को पिपरीयाको आमबगियाबाट ६० क्युफिट अवैध सालको काठ बरामद गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयले वेवारिसे अवस्थामा काठ बरामद गरिएको भन्दै मंगलबार सञ्चार माध्यमलाई इमेलमार्फत सूचना पठाएको थियो । तर स्थानीयले भने प्रहरीले डल्लबसहित ८ जनाले ओासारपसार गरिरहेको अवस्थामा काठ बरामद गरेपनि आर्थिक लाभ लिएर उनीहरुलाई छाडिएको आरोप लगाएका छन् । प्रहरीले आर्थिक चलखेलमा काठ छाडेको विषयमा प्रेसपत्रले बुधबार समाचार लेखेको थियो ।

यो पनि पढ्नुस्

वाह कञ्चनपुर प्रहरी ! एक रात पनि हिरासतमा बसेनन् अवैध काठवाला ८ जना

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...