press
po

गाउँपालिका कार्यालयमा तालाबन्दीपछि सुर्नयामा औषधी अभाव

cp new add
Nisharg hospital
dhanga
Rubic

बैतडी। बैतडीको सुर्नया गाउँपालिकामा लामो समयसम्म तालाबन्दी हुँदा स्वास्थ्य क्षेत्र प्रभावित बनेको छ। तालाबन्दीपछि आवश्यक काम अगाडि नबढ्दा पालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा औषधी अभाव भएको जनाइएको छ।

sanjiwan
Nisharg

स्वास्थ्य संस्थामा सिटामोल, बिटाडिन, जीवनजललगायत अत्यावश्यक औषधीको अभाव भएको सुर्नया–३ स्थित बाशुलिङ स्वास्थ्य चौकीका इन्चार्ज दलबहादुर विष्टले जानकारी दिए। औषधि अभावमा सामान्य चोटपटक लागेकालाई उपचार गर्न पनि समस्या भएको उनले बताए।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

सोही स्वास्थ्य चौकीका ‘ल्याव असिस्टेन्ट’ नरेन्द्रसिंह विष्टले सामान्य सामाग्री पनि उपलब्ध नहुँदा सुत्केरी सेवासमेत प्रभावित हुने अवस्था आएको बताए।

HAMRO DAIRY

गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह महराले पनि गाउँपालिकाअन्तर्गतका स्वास्थ्य चौकीबाट औषधीलगायत स्वास्थ्य उपकरण अभावबारे गुनासो आइरहेको बताए। गाउँपालिकाले स्वास्थ्य उपकरणसहित औषधी आपूर्तिका लागि बोलपत्र आह्वान गरिए पनि तालाबन्दीका कारण सम्झौता नहुँदा औषधी खरिद प्रक्रिया अघि बढाउन नसकिएको उनले बताए।

आफूहरूले मागेको सूचना उपलब्ध नगराएको भन्दै गत असोज २४ गते ‘जेन्जी’ युवाहरूले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए। पटक-पटक छलफल भए पनि कुनै सहमति हुन नसक्दा स्वास्थ्यलगायत अत्यावश्यक सेवा प्रभावित भइरहेका छन्।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...