चेतनदीप अयडी हत्या :पूर्वमन्त्री पाण्डे र उपमेयरकोे गोप्य भिडियो बाहिरियो

cp new add
Nisharg hospital

धनगढी । घर घेरा हालेर क्रुरतापूर्वक हत्या गरिएका एमाले निकट अनेरास्ववियुका नेता चेतनदीप अयडी हत्या घटनामा पूर्वमन्त्री बद्री पाण्डेको गोप्य भिडियो सार्वजनिक भएको छ ।

४ मंसिर २०७९ को चुनावको राति एउटा समूहले बाजुराको कैलाशमाडौँमा अयडीको घर घेरा हालेर क्रुरतापूर्व हत्या गरेको थियो । नेपाली कांग्रेसका नेता, कार्यकर्ताले अयडीको हत्या गरेको घटनामा पूर्वमन्त्री पाण्डे र त्रिवेणी नगरपालिकाकी उपमेयर कमलाकुमारी जैैशीबीच अदालतबाट मुद्दा कमजोर बनाउने विषयमा बन्द कोठाभित्र गोप्य कुराकानी भइरहेको भिडियो बाहिरिएको हो ।

सिरक ओढेर बेडमा पल्टिरहेका कांग्रेसका सहमहामन्त्री समेत भइसकेका पूर्वमन्त्री पाण्डेको छेउमै सोही बेडमा रहेकी उमपेयर कमलाले भिडियोमा देखिएकालाई नछुटाऔँ भनेकी छन् भने अरुलाई कसरी छुुटाउने भन्दै पाण्डेलाई सोधेकी छन् ।

सार्वजनिक भिडियोबारे पूर्वमन्त्री पाण्डेसँग प्रतिक्रिया माग्न खोज्दा उनले पछि कुरा गर्ने भन्दै टारिदिए भने उपमेयर कमलाले भेटेरै कुरा गर्ने बताएकी छन् । त्यो भिडियो २०७९ सालतिरकै भएको कुरा भने स्वीकार गरेकी छन् ।

यति नै बेला नेपाली कांग्रेसका जिल्ला सभापति राम सिंह रावलले पार्टीको आन्तरिक कुरा हो भन्दै २०७९ को चुनावको यतिबिती भन्न नहुने भन्दै सार्वजनिक भाषण गरेका छन् । उनले अयडीको हत्या घटनातर्फ नै संकेत गर्दै नेतालाई खुन र ज्यान दिएको प्रसंग कोट्याएका छन् ।

पूर्वमन्त्री पाण्डे र उपमेयरको भिडियो क्लीप बाहिरिएपछि पीडित परिवारले चेतनदीप अयडीको हत्यामा संलग्नलाई उन्मुक्ति दिन ठूलो चलखेल भएको आशंका गरेका छन् । उनीहरुले कतै अदालतलाई समेत प्रभावमा पारेको हालैको फैसला गरिएको त होइन भन्ने शंकामाथि बल पुगेको बताएका छन् । यद्यपी जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन गर्ने विकल्प भने खुला नै छ ।

जिल्ला अदालतले गत १ असोजमा चेतनदीप अयडी हत्या घटनाको फैसला सुनाउँदै ६ जनालाई जन्म कैदको सजाय सुनाएको थियो भने अन्य १८ जनालाई सफाई दिएको थियो ।

अदालतले जङ्ग भन्ने शेरबहादुर अयडी, सागर अयडी, सागर अयडी,लोकेश अयडी, खेमराज भन्ने खेम अयडी,जीवन अयडी र धनराज थापालाई जन्म कैद ठहर गरेको थियो । उनीहरु अयडीमाथि कुटपिट गरिरहेको अवस्थामा कैद गरिएका भिडियोमा देखिएका व्यक्ति भएको बताइएको छ ।

४ मंसिर २०७९ को चुनावको दिन दिउँसो नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको थियो । सोही निहुँमा राति अयडीको घर घेरा हालेर एउटा समूहले कुटपिट गरि उनको हत्या गरेका थिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...