कैलालीको सत्ती भन्सारमा ट्राली लिलाममा पैँसाको चलखेल, कर्मचारी, रास्वपा र एमालेका…
धनगढी । कैलालीको सत्ती भन्सार कार्यालयले आफैंले तोकेको न्यूनतम मूल्यभन्दा निकै कम रकममा ट्याक्टरको ट्राली लिलाम गरेको विषय विवादमा परेको छ। कार्यालयका कर्मचारी र भन्सार एजेन्टको मिलेमतोमा लिलाम प्रक्रियामा अनियमितता भएको आरोप लागिरहेको छ।
भन्सार कार्यालयले ११ जेठमा विभिन्न ५६ प्रकारका सामान लिलामसम्बन्धी सूचना प्रकाशित गरेको थियो।…